बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

इजरायलले गाजा युद्धविराम वार्ताका लागि प्रतिनिधिमण्डल पठाउने

शुक्रबार, असार २१ २०८१

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा हमाससँगको युद्धविराम सम्झौता र बन्धकहरूलाई रिहा गर्न वार्ताका लागि प्रतिनिधिमण्डल पठाउन अनुमोदन गरेका छन्।

इजिप्ट वा कतारमा हुने सम्भावित वार्तामा भाग लिने इजरायलको निर्णय, संयुक्त राज्य अमेरिकाको समर्थनमा कतारी र इजिप्टका मध्यस्थकर्ताहरूले इजरायललाई प्रश्तावित सम्झौतामा हमासको प्रतिक्रिया दिएको एक दिनपछि आएको हो ।

प्रारम्भिक छलफलपछि प्रधानमन्त्री नेतन्याहुले वार्तालाप प्रतिनिधिमण्डल पठाउन अनुमोदन गरेका हुन्। हमासले बुधवार कतारी र इजिप्टका मध्यस्थकर्ताहरूसँग प्रस्तावित सम्झौताबारे परामर्श गरेको बताएको छ ।