बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सिरियाली शरणार्थीविरुद्ध उत्तेजक प्रदर्शनको आरोपमा ४७४ पक्राउ

बुधबार, असार १९ २०८१

एजेन्सी । टर्कीमा सिरियाली शरणार्थीहरू बिरुद्ध उत्तेजक प्रदर्शन गरेको आरोपमा टर्कीका प्रहरीले ४७४ जना थप संदिग्धहरूलाई पक्राउ गरेको टर्कीका गृहमन्त्री अली येर्लिकायाले बताएका छन्।
येरलिकायाले सिरियालीहरू बिरुद्ध देशभरका केही शहरहरूमा उत्तेजक कार्यहरू आयोजना गरेका थिए। टर्कीका मन्त्रीले बन्दीहरू मध्ये २८५ सँग लागुऔषध, लुटपाट, चोरी, सम्पतीको क्षति र यौन उत्पीडन जस्ता अपराधहरू गरेको बताए।
सिरिया बिरोधी दंगा पहिलो पटक कायसेरी प्रान्तमा शुरु भएको थियो। जहाँ बासिन्दाहरूले सिरियालीहरूको घर र व्यवसायमा आगजनी गरेका थिए भने उनीहरूका सवारी साधनहरू तोडफोड गरेका थिए ।
हिंसा हाते, किलिस, गाजियन्टेप, कोन्या र अन्टाल्या प्रान्तमा फैलिएको छ भने टर्की सरकारले शान्त रहन आग्रह गरिरहेको छ ।