काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको एक नेताले जानकारी दिए ।
उनका अनुसार नयाँ गठबन्धन देश र जनताको हितमा नरहेको भन्दै यसले देशलाई राजनीतिक स्थायित्व पनि नदिने बैठकले निष्कर्ष निकालेको छ ।
आज बसेको सचिवालय बैठकले अब यो सरकारबाट पार्टी बहिर्गमन हुने निर्णय पनि लिएको छ । नयाँ सरकार गठनको प्रक्रिया शुरू हुनेवित्तिकै सरकारबाट बाहिरिने रास्वपाले निर्णय गरेको छ ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भने, ‘अब बन्ने सरकारले पनि राजनीतिक स्थायित्व दिँदैन । हामी यस्तो सरकारमा जाँदैनौं ।’