बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

प्रभु इन्स्योरेन्स र एन आई सी एशिया क्यापिटलबिच सम्झौंता

मंगलबार, असार १८ २०८१

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेड र एनआईसी एशिया क्यापिटलबिच सम्झौंता भएको छ । कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी पु¥याउन एक सय रुपैंयाँ अंकित दरका ८३ लाख ५० हनार एक सय ३५ दशमलव ४४ कित्तँ अर्थात ८३ करोड ५० लाख १३ हजार पाँच सय ४४ रुपैंयाँ बराबरको हकप्रदशेयर निष्काशन गर्नको लागि एन आई सी एशिया क्यापिटल लिमिटेडलाई बिक्री प्रर्वन्धकमा नियुक्त गरेको हो।

सम्झौता पत्रमा प्रभु इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य र निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन् । हाल इन्स्योरेन्स कम्पनीले ६० भन्दा बढी शाखा तथा उप–शाखा कार्यालयबाट निर्जीवन बीमा व्यवसाय गर्दै आई रहेको छ।

एन आई सी एशिया क्यापिटलले विगत लामो समय आईडिया टु आईपिओ सेवा संचालन गर्दै आइरहेका छ । उक्त सेवा अन्तर्गत प्रा.लि.लाई पब्लिक कम्पनीमा परिणत गरी साधारण शेयर निष्काशन गर्ने सम्मको कार्य गरिदिने तथा हकप्रद शेयर निष्काशन गर्न चाहने कम्पनीहरुलाई हकप्रद शेयर निष्काशन सम्बन्धमा आवश्यक परामर्श सेवा संचालन गरिरहेको क्यापिटलले जानकारी दिएको छ।