बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

देउवाले बोलाए पदाधिकारी बैठक

मंगलबार, असार १८ २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पदाधिकारी बैठक बाेलाएका छन् । बैठक बिहान नौ बजे सभापति  देउवाको निवास बुढानिलकण्ठमा बस्ने छ ।

बैठकमा नेकपा एमालेसँग सत्ता साझेदारीमा भएको समझदारीलाई अनुमोदन गर्ने विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

कांग्रेस–एमालेबीच सोमबार मध्यरातमा सत्ता साझेदारी गर्ने र सरकारको नेतृत्वको आलो–पालो गर्ने समझदारी भएको थियो ।

समझदारीलाई अन्तिम रुप दिन भने बाँकी छ ।

दुई दलको सरकार बनेपछि निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका विषयमा संविधान संशोधन गर्ने सहमति पनि भएको छ ।