काठमाडौं । हकप्रद शेयर निष्काशनको लागि युनाईटेड अजोड इन्स्योरेन्स कम्पनी र लक्ष्मी सनराईज क्यापिटलबिच सम्झौंता भएको छ । यही जेठ ३१ गते सम्पन्न भएको यूनाइटेड अजोड इन्स्योरेन्सको विशेष साधारण सभाबाट पारित निर्णय बमोजिम यूनाइटेड अजोड इन्स्योरेन्सले आफ्नो हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशत हकप्रद शेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सन्राइज क्यापिटलसँग यही असार ११ गते मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरेको हो।
उक्त सम्झौता पत्रमा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रवण रावल तथा लक्ष्मी सन्राइज क्यापिटलका तर्फबाट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले यूनाइटेड अजोड इन्स्योरेन्सको प्रधान कार्यलय सुन्धारामा हस्तारक्षर गरेको कम्पनीले जानकारी दिएको छ।