शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

आइसिसी टी–२० विश्वकप

बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनल प्रवेश, अस्ट्रेलिया पनि बाहिरियो

मंगलबार, असार ११ २०८१

काठमाडौं। अफगानिस्तान आइसिसी टी–२०  विश्वकपको सेमिफाइनल प्रवेश गर्दै नयाँ इतिहास रचेको छ ।

मंगलबार बिहान सम्पन्न खेलमा बंगलादेशलाई डिएलएस पद्धतिमा आठ रनले पराजित गर्दै अफगानिस्तान सुपर ‘एट’ को समूह १ को उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो।

१९ ओभरमा १ सय १४ रनको लक्ष्य पाएको बंगलादेशले १७.५ ओभरमा सबै विकेट गुमाएर १ सय ५ रन मात्र बनाउन सक्यो ।

अफगानिस्तानले दुई खेलबाट चार अंक जोड्यो। पहिलो खेलमा भारतसँग ४७ रनले पराजित भएको अफगानिस्तानले त्यसपछिका दुई खेलमा पुनरागमन गरेको हो।

दोस्रो खेलमा अस्ट्रेलियालाई २१ रनले पराजित गर्दै अफगानिस्तानले सेमिफाइनल सम्भावना बलियो बनाएको थियो। योसँगै अस्ट्रेलिया सुपर ‘एट’बाटै बाहिरिएको छ।

अफगानिस्तानले अब सेमिफाइनलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ । अर्को सेमिफाइनलमा भारतले इंग्ल्यान्डसँग खेल्नेछ ।