इजरायल । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास बिरुद्धको लडाई अन्त्यको निकै नजिक रहेको बताएका छन्।
नेतान्याहुले रफाहमा युद्धको गहन चरण समाप्त हुन लागेको र इजरायली सेनाहरू सम्पूर्ण गाजा पट्टीमा युद्ध समाप्त गर्न नजिक रहेको बताए।
उनले गाजा पट्टीमा चलिरहेको द्वन्द्वको अन्त्य नभइ हमासका लक्ष्यहरू विरुद्धको लडाइमा कारबाही जारी रहने बताए। गाजामा उत्तरतर्फ युद्ध जारी राख्ने बताएका हुन्।
नेतान्याहुले लेबनानी सशस्त्र समूह हिजबुल्लाह विरुद्ध पूर्ण युद्ध शुरु गर्ने इजरायलको चेतावनीलाई उल्लेख गरे। उनले गाजा स्ट्रिपमा हमासलाई सत्ताबाट हटाउने र प्यालेस्टिनी एन्क्लेभमा रहेका करिव १०० बन्धकहरूलाई रिहा गर्ने सम्झौतामा मात्र सहमत हुने बताए।