काठमाडौं । अफगानिस्तानले बंगालदेशलाई ११६ रनको लक्ष्य दिएको छ ।
जारी टी-२० विश्वकपअन्तर्गत सुपर आठको अन्तिम खेलमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाउँदै ११५ रन बनाएको हो ।
अफगानिस्तानका लागि रह्मतुल्लाह गुरबाजले सर्वाधिक ४३ रन बनाए भने कप्तान राशिद खानले १९ रन बनाएका थिए ।
बंगलादेशका बलर रिशाद होसैनले ३ विकेट लिएका थिए ।
सेमिफाइनलमा पुग्न अफगानिस्तानलाई यो खेल जित्न अनिवार्य छ ।
त्यस्तै, बंगलादेशले यो लक्ष्य १२.३ ओभरमा पूरा गरेमा सेमिफाइनलमा पुग्ने छ ।
यो सुपर-८ को अन्तिम खेल हो । यो समूहबाट भारत सेमिफाइनल पुगिसकेको छ । यदि आजको खेल जितेमा अफगानिस्तान अष्ट्रेलियालाई पछि पार्दै सेमिफाइनल पुग्नेछ ।
अर्को समूह २ बाट साउथ अफ्रिका र इंग्ल्याण्ड सेमिफाइनलमा पुगेका छन् ।