काठमाडौं । दक्षिण अफ्रिकाले आईसीसी टी–२० विश्वकप २०२४ को सेमिफाइनल प्रवेश गरेको छ ।
वेष्टइन्डिजलाई डकवर्थ लेविस पद्धतिको आधारमा ३ विकेटले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो ।
दक्षिण अफ्रिका सुपर–८ को ग्रुप बी बाट ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ।
१२३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।
१३६ रनको लक्ष्य पछ्याउनेक्रममा दक्षिण अफ्रिका २ ओभरमा १५–२ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो ।
वर्षाले लामो समय खेल अवरुद्ध भएपछि ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा १७ ओभरमा एक सय २३ रन बनाउनु पर्ने गरी दक्षिण अफ्रिकाले नयाँ लक्ष्य पाएको थियो ।
दक्षिण अफ्रिका समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । उक्त समूहबाट इङ्ल्यान्ड उप–विजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो । टी–२० विश्वकपमा दक्षिण अफ्रिकाको यो तेस्रो सेमिफाइनल यात्रा हो ।