बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

दोस्रो खेल जित्दै पोर्चुगल युरोकपको नकआउट चरणमा प्रवेश

आइतबार, असार ९ २०८१

काठमाडौं । पोर्चुगल युरोकप फुटबल-२०२४ को नकआउट प्रवेश गरेको छ ।

पोर्चुगल लगातार दोस्रो खेल जित्दै जर्मनीमा जारी युरो-२०२४ को नकआउट चरणमा प्रवेश गरेको हाे ।

समूह एफअन्तर्गत शनिबार राति डर्टमण्डमा भएको खेलम टर्कीएलाई ३-० ले पराजित गरेपछि पोर्चुगल एक खेलअघि नै अन्तिम १६ मा पुगेको  छ।

पोर्चुगलको जितमा बर्नार्डो शिल्भाले २१औं र ब्रुनो फर्नान्डेजले ५६औं मिनेटमा गोल गरे ।

टर्कीका सामेत एकाएदिनले २८औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।

यसअघि पहिलो खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २-१ ले हराएकाे थियो ।

पोर्चुगल लगातार दुई जितपछि ६ अंक जोडेर समूह एफको शीर्ष स्थानमा छ भने दुई खेलबाट टर्की ३ अंकसहित दोस्रो स्थानमा छ । टर्कीको पनि नकआउट चरणमा पुग्ने सम्भावना कायमै छ ।

अब पोर्गुचलले समूहको अन्तिम खेलमा पहिलोपटक युरो खेलिरहेको जर्जियासँग खेल्नेछ । यस्तै टर्कीले अन्तिम खेलमा चेक रिपब्लिकसँग खेल्नेछ ।