शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

टी–२० विश्वकप : बंगलादेशमाथि भारतको ५० रनको जित

आइतबार, असार ९ २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत शनिबार राति भएको ‘सुपर–८’को खेलमा भारतले बंगलादेशमाथि ५० रनको जित निकालेको छ । जारी विश्वकपमा अपराजित भारत सेमिफाइनल नजिक पुगेको छ । ‘सुपर९ ८’ मा लगातार दोस्रो हारसँगै बंगलादेशको सेमिफाइनल सम्भावना कठिन बनेको छ ।

टस हारेर सुरुमा ब्याटिङ गरेको भारतले २० ओभरमा पाँच विकेट गुमाएर १९६ रन बनाएको थियो । १९७ रनको लक्ष्य पछ्याएको बंगलादेश आठ विकेट गुमाएर पुरै २० ओभर खेल्दै १४६ रनमा समेटिएको हो ।भारतको जितमा हार्दिक पाण्ड्याले अर्धशतक बनाए। २७ बलमा तीन छक्का र चार चौकाको मद्दतमा उनले नटआउट ५० रन बनाएका हुन् ।

भारतका लागि ओपनर विराट कोहलीले ३७, कप्तान रोहित शर्माले २३ रन बनाउँदा ऋषभ पन्तले ३६ जोडे । शिवम् दुबेले ३४ रन बनाउँदा सूर्यकुमार यादव भने ६ रनमा समेटिएका थिए।बंगलादेशका लागि तान्जिम हसन सकिब र रिसाद होसैनले समान दुईदुई विकेट हात पारे भने सकिब अह हसनले एक विकेट लिए ।

१९७ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको बंगलादेशका लागि कप्तान नजमुल होसैन सान्तोले सर्वाधिक ४० रन बनाए ।तानजिद हसन २९, रिसाद होसैन २४, महमुदुल्लाह १३, लिटन दास १३ रनमा आउट हुँदा सकिब अल हसनले ११ रन जोडे ।

भारतका लागि कुलदीप यादवले तीन विकेट लिए । जसप्रित बुमराह र अर्शदीप सिंहले दुई–दुई विकेट लिए भने हार्दिक पाण्ड्याले एक विकेट हात पारे ।भारत र बंगलादेश ‘सुपर–८’ चरणको ‘समूह–१’ मा छन् । दुई खेलमा विजयी भएको भारत चार अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।