शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

रोहित, सन्दीप र दीपेन्द्रले ग्लोबल टी-२० लिग खेल्ने

शनिबार, असार ८ २०८१

काठमाडौं । नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलसहित ३ जनाले क्यानडामा हुने ग्लोबल टी-२० लिग खेल्ने भएका छन् ।

रोहितसहित दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले आगामी जुलाईमा हुने ग्लोबल टी-२० लिग खेल्ने पक्का भएको हो ।

सन्दीप र दीपेन्द्रले टीम भ्यानकुभर नाइट्समा आवद्ध भएका छन् भने रोहित टोरन्टो नेसनलमा आवद्ध हुन् । रोहितले पहिलोपटक अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्रतियोगिता खेल्ने भएका हुन्।

पौडेललाई टोरन्टो नेसनलले टिममा अनुबन्ध गरेको हो । रोहितसँगै लेग स्पिनर लामिछाने र ऐरीले पनि ग्लोबल टी-२० क्यानडा लिग खेल्ने भएका छन् ।

लामिछाने र ऐरीलाई भ्यानकुभर नाइट्सले भित्र्याएको छ । लामिछानेले चौथो र ऐरीले दोस्रोपटक ग्लोबल टी-२० क्यानडा लिग खेल्न लागेका हुन् ।

सन्दीपले यसअघि सन् २०१८ मा भएको पहिलो संस्करणमा मोन्ट्रेल टाइगर्सबाट खेलेका थिए भने सन् २०१९ मा टोरोन्टो नेस्नल्सबाट खेलेका थिए । पछिल्लोपटक सन्दीपले सर्रे जागुएर्सबाट ग्लोबल टी-२० क्यानडा लिग खेलेका थिए ।

लामिछाने ४० लाख र  ऐरी २४ लाखमा भ्यानकुभर नाइट्सले लिएका छन् भने पौडेललाई टोरन्टो नेशनलले १६ लाखमा ग्लोबल टी–२० लिगमा लिएको छ ।