काठमाडौं । युरो २०२४ अन्तर्गत शुक्रबार राति भएको समूह डी को खेलमा फ्रान्स र नेदरल्याण्ड्सले बराबरी खेलेका छन् ।
लाइपजिगमा भएको खेलमा फ्रान्स नेदरल्यान्ड्ससँग गोलरहित बराबरीमा रोकिएको छ । फ्रान्स र नेदरल्याण्सले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
खेलमा नेदरल्याण्ड्सका जाभी सिमोन्सले गोल गरेपनि भिएआरले मान्यता नदिँदा डच टोली ३ अंक जोड्नबाट बन्चित भएको थियो ।
बराबरीपछि दुवैले एक एक अंक पाएका छन् । फ्रान्स र नेदरल्यान्ड्स दुवै टिमको २ खेलबाट ४-४ अंक भएको छ । गोलअन्तरमा भने नेदरल्याण्ड्स अगाडि छ ।
समूह ‘डी’ तालिकामा नेदरल्यान्ड्स चार अङ्कसहित पहिलो र फ्रान्स पनि समान अङ्क बटुल्दै दोस्रो स्थानमा छन् ।