एजेन्सी । भारत दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई धरौटीमा रिहा गर्ने निर्णय रद्द भएको छ । दिल्लीको कथित रक्सी घोटाला मामिलामा मुख्यमन्त्री केजरीवाललाई धरौटीमा रिहा गर्ने अदालतको फैसलाविरुद्ध प्रवर्तन निर्देशनालय (ईडी) ले उच्च अदालतमा निवेदन दिएपछि उक्त निर्णय रद्द गरिएको हो।
बीबीसीका अनुसार अतिरिक्त सलिसिटर जनरल एसभी राजूले मुख्यमन्त्री केजरीवालको मुद्दामा तत्काल सुनुवाईको माग गरेपछि सुनवाई पूरा नभएसम्म उच्च अदालतले केजरीवालको धरौटीमा रिहा हुने निर्णयमा रोक लगाएको हो।
दिल्लीको राउज एभेन्यू अदालतले बिहीवार तिहाड जेलमा रहेका मुख्यमन्त्री केजरीवाललाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।