बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

एनएमबी बैंकका ग्राहकलाई कतार एयरको टिकटमा छुट

शुक्रबार, असार ७ २०८१

काठमाडौं । एनएमबी बैंकका ग्राहकहरुले कतार एयरको टिकटमा छुट पाउने भएका छन् । बैंकले विश्वकै अग्रणी एयरलाइन्स कतार एयरवेजसँग साझेदारी गरी आफ्ना ग्राहकलाई विशेष छुट उपलब्ध गराउने भएको हो । सो अनुसार एनएमबी बैंकका ग्राहकहरूले कतार एयरवेजको वेबसाइटमार्फत हवाई भाडा खरिद गर्दा १० प्रतिशतसम्मको छुट पाउन सक्ने छन्।

छुटका लागि नेपालबाट प्रस्थान गर्ने कतार एयरवेजको उडानको टिकट काट्दा, ग्राहकले अनलाइन प्रमोशनल कोड त्तच्ल्ःद्यद्दद्ध प्रयोग गर्नुपर्ने बैंकले जनाएको छ । यो अफरमार्फत ग्राहकहरूले सुपथ मुल्यमा आरामदायी उडानको लाभ लिन सक्नेछन् । साथै, कतार एयरवेज स्टुडेन्ट क्लबका विद्यार्थीहरूले थप लगेजलगायत अन्य विशेष सुविधासमेत पाउनेछन् ।

एनएमबी बैंक विगत २८ वर्षदेखि अनवरतरूपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आइरहेको, नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्रप्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंक दि फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफदिइयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो।

बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा हालसम्म चार पटक नेपालको उत्कृष्ट बैंकको उपाधि पाइसकेको छ । एनएमबी बैंकले हाल देशभर २०१ शाखा, १८८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।