काठमाडौं । माछापुच्छे बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्र्तगत गण्डकी प्रदेशका विभिन्न संघसंस्थाहरुलाई सहयोग गरेको छ । बैंकले गण्डकी प्रदेशको कास्की जिल्ला स्थित पोखरा महानगरपालिका १४, बाच्छीडुवामा सञ्चालित पुष्करणी परोपकार गोकुलधामलाई सडकमा जथाभावि छोडिएका पशु चौपाया र विशेष गरि नेपालको राष्ट्रय जनावर गाईको संरक्षण एंव व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको हो।
छाडा पशुचौपायाको व्यवस्थापनले सडकमा हुने विभिन्न प्रकारका दुर्घटना न्यूनिकरण हुनुका साथै सडकमा छोडिएका पशुचौपायाको जीवन रक्षाको लागि बैंकले उक्त सहयोग गरेको हो । यही असार ४ गते मंगलबारका दिन आयोजित कार्यक्रमका विच माछापुच्छे बैंक सञ्चालक समितिका अध्यक्ष रोशन केसीले पुष्करणी परोपकार गोकुलधामलाई उक्त आर्थिक सहयोग प्रदान गरेका हुन।
यस्तैगरि बैंकले वाग्लुङ्ग जिल्ला स्थित जैमीनी नगरपालीकाको छिस्तीमा रहेको बसन्त माध्यमिक विद्यालयमा भौतिक पूर्वाधार निर्माणको लागि सहयोग गरेको छ । आर्थिक स्रोतको अभावका कारण निर्माणाधिन विद्यालय भवनको निर्माण कार्यमा अवरोध आईरहेको जानकारीमा आएपछि बैंकले उक्त विद्यालयको निर्माणाधिन भवनको निर्माण कार्य सम्पन्न गरी विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो । सोही दिन बैंक सञ्चालक समिति सदस्य श्रीमती बन्दना केसी तथा प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रुपमा उक्त पूर्वाधार बिद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसंग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तिय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरुमा काम गर्दै आएको छ।