शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

जर्मनी युरोकपको नकआउट चरणमा

बिहिबार, असार ६ २०८१

काठमाडौं । लगातार दुई खेल जित्दै जर्मनी युरो कपको नकआउट चरणमा प्रवेश गरेको छ ।

जर्मनीले जारी युरोकपमा लगातार दोस्रो जित हासिल गरेको छ ।

गएराती सम्पन्न समुह ए अन्तर्गतको खेलमा जर्मनीले हंगेरीलाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो ।
जर्मनीको जितमा जामल मुसियाला र इक्के गुनडोगानले एक एक गोल गरेका थिए ।

यो जितपछि जर्मनीको समुह ए मा २ खेलमा ६ अंक भएको छ र शीर्ष स्थानमा रहेको छ । यो जितपछि जर्मनी यस युरोकपको नकआउट चरणमा पुग्ने पहिलो देश बनेको छ ।

त्यसैगरी हंगेरीले भने प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ ।

अब जर्मनीले अर्को खेल जुन २४ मा स्वीजरल्याण्डसँग खेल्ने छ भने हंगेरीले स्कटल्याण्डसँग खेल्ने छ ।