काठमाडौं । टी-२० विश्वकपको सुपर-८ राउण्डका सबै आठ टोलीको टुंगो लागिसकेको छ । आजदेखि सुपर-८ का खेलहरू सुरु हुनेछन् ।
सुपर-८ का १२ खेल चार रंगशालामा हुनेछन् । सुपर ८ मा पुगेका चार/चार टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह(१ मा भारत, अष्ट्रेलिया, अफगानिस्तान र बंगलादेश छन् । समूह-२ मा इंग्ल्याण्ड, वेष्ट इण्डिज, दक्षिण अफ्रिका र अमेरिका छन् ।
सबै खेल वेष्ट इण्डिजका चारवटा मैदानमा हुनेछन् । एन्टिगुवामा चार र सेन्ट भिन्सेन्टमा दुई खेल हुनेछन् । सेन्ट लुसिया र बार्बाडोसमा तीनरतीन खेल हुनेछन् । यस राउण्डको पहिलो खेल आज अमेरिका र दक्षिण अफ्रिकाबीच हुनेछ । भारतले आफ्नो पहिलो खेल जुन २० मा अफगानिस्तानसँग खेल्नेछ । सुपर-८ चरणको अन्तिम खेल २५ जुनमा अफगानिस्तान र बंगलादेशबीच हुनेछ ।
प्रतियोगिताको ‘सुपर–८ चारण’ को पहिलो खेल नेपाली समय अनुसार, बुधबार राति २०ः१५ बजे आयोजक अमेरिका र दक्षिण अफ्रिकाबिच हुने छ ।
दोस्रो खेल असार ६ गते बिहान ०६ः१५ बजे इङ्गल्यान्ड र आयोजक वेस्ट इन्डिजबिच हुनेछ । सोही दिन राति २०ः१५ बजे अफगानिस्तान र भारत आपसमा भिड्ने छन् । ‘सुपर–८ चारण’ को अन्तिम खेल असार ११ गते बिहान ०६ः१५ बजे अफगानिस्तान र बंगलादेशबिच खेलिने छ ।
‘सुपर–८ चारण’ को समाप्तिपछि दुबै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् ।
सुपर–८ मा पुग्ने अमेरिका एकमात्र एसोसिएट राष्ट्र
प्रतियोगिताको यस संस्करणमा सर्वाधिक २० टिमको सहभागिता थियो । जुन २ देखि सुरु भएको प्रतियोगिताको १६ दिन सकिँदा १२ टिम प्रतियोगिताबाट बाहिरिसकेका छन् ।
चार समूहमा विभाजित टोलीमध्ये प्रत्येक समूहका दुई टोलीमात्र सुपर–८ मा प्रवेश गरे । सुपर–८ मा यसपटक समूह ‘ए’ बाट भारत र विश्वकपको अर्को आयोजक अमेरिकाले स्थान सुनिश्चित गरे । यो समूहबाट भारतले शीर्ष स्थान हासिल गर्दा पहिलोपटक विश्वकप खेलिरहेको अमेरिकाले पनि ‘डेब्यु’ उत्कृष्ट नतिजासहित सुपर–८ यात्रा तय गर्यो ।
अमेरिकामा जारी विश्वकपमा सुपर–८ मा पुग्ने एकमात्र एसोसिएट मुलुक हो ।
‘सुपर–८ चरण’ खेल तालिका
जुन १९ (२०८१ असार ०५) : अमेरिका विरुद्ध दक्षिण अफ्रिका : २०ः१५
जुन २० (२०८१ असार ०६) : इङ्गल्यान्ड विरुद्ध वेस्ट इन्डिज : ०६ः१५
जुन २० (२०८१ असार ०६) : अफगानिस्तान विरुद्ध भारत : २०ः१५
जुन २१ (२०८१ असार ०७) : अस्ट्रेलिया विरुद्ध बङ्गलादेश : ०६ः१५
जुन २१ (२०८१ असार ०७) : इङ्गल्यान्ड विरुद्ध दक्षिण अफ्रिका : २०ः१५
जुन २२ (२०८१ असार ०८) : अमेरिका विरुद्ध वेस्ट इन्डिज : ०६ः१५
जुन २२ (२०८१ असार ०८) : भारत विरुद्ध बङ्गलादेश : २०ः१५
जुन २३ (२०८१ असार ०९) : अफगानिस्तान विरुद्ध अस्ट्रेलिया : ०६ः१५
जुन २३ (२०८१ असार ०९) : अमेरिका विरुद्ध इङ्गल्यान्ड : २०ः१५
जुन २४ (२०८१ असार १०) : वेस्ट इन्डिज विरुद्ध दक्षिण अफ्रिका : ०६ः१५
जुन २४ (२०८१ असार १०) : अस्ट्रेलिया विरुद्ध भारत : २०ः१५
जुन २५ (२०८१ असार ११) : अफगानिस्तान विरुद्ध बङ्गलादेश : ०६ः१५