काठमाडौँ । आईसीसी टी-२० विश्वकप क्रिकेटमा वेस्टइन्डिजले अफगानिस्तानलाई २१९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । वेस्टइन्डिज र अफगानिस्तान दुवै जारी विश्वकपको सुपर आठमा प्रवेश गरिसकेका छन् ।
टस हारेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित ओभरमा ५ विकेट गुमाएर २१८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको हाे ।
अफगानिस्तानविरुद्ध वेस्ट इन्डिजले पावर प्लेको ६ ओभरमा ९२ रन जोडेर नयाँ कीर्तिमानीसमेत कायम गरेको छ । यसअघि विश्वकप इतिहासमा पावर प्लेमा यति धेरै रन बनेको थिएन। सुरुको ६ ओभरमा वेस्ट इन्डिजका जोनसन चार्ल्सले १९ बलमा ३५ र निकोलस पुरानले १३ बलमा ३६ रन जोडे।
जोनसन चार्लेस २७ बलमा ४३ रन बनाएर आउट भए । यसअघि ब्रेन्डन किंग ६ बलमा ७ रन बनाएर आउट भएका थिए । साइ होपले १७ बलमा २५ रन बनाएर आउट हुँदा कप्तान रोभमन पावेलले १५ बलमा २६ रन बनाए । आन्द्रे रसेल ३ तथा सेरफन रुथफोर्ड १ रनमा नटआउट रहे ।
अफगानिस्तानका गुलावद्दिन नइबले २ विकेट लँदा अज्मतुल्लाह ओमरजाई र नभिन उल हकले एक एक विकेट लिए । विश्वकपमा वेस्टइन्डिज ले बनाएको २१९ रन नै सर्वाधिक धेरै रन हो ।
अहिले अफगानिस्तानले जवाफी ब्याटिङ गरिरहेको छ ।