बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अन्तर्राष्ट्रिय टी–२० मा १०० विकेट पूरा गर्ने पहिलो नेपाली बने सन्दीप

सोमबार, असार ३ २०८१

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय टी–२० मा एक सय विकेट लिएका छन् ।

टी–२० विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशसँगको आजको खेलमा व्यत्तिगत २ विकेट लिएर सन्दीपले अन्तर्राष्ट्रिय सय विकेट बनाएका हुन् ।

स्पिन बलर सन्दीप लामिछानेले बंगलादेशको सातौँ विकेट लिए। उनले सातौं विकेटको रुपमा बंगलादेशका तानजिम हसन सकिबलाई मात्र तीन रन बनाउँदा बोल्ड आउट गरे। सन्दीपले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा व्यक्तिगत सय विकेट पूरा गर्दै बंगलादेशको आठौं विकेट लिएका हुन्। बंगलादेशका जाकेर अलीलाई १२ रनमा आउट गर्दा सन्दीपले आफ्नो सय विकेट पूरा गरेका हुन्। सन्दीपको बलमा अली बोल्ड भएका थिए।

उनले अन्तर्राष्ट्रिय ५४ खेलमा १०० विकेट पूरा गरेका हुन् । अन्तर्राष्ट्रिय टी–२० मा १०० विकेट पूरा गर्ने सन्दीप पहिलो नेपाली खेलाडी हुन् ।

अन्तर्राष्ट्रिय टी–२० मा छिटो सय विकेट पूरा गर्ने खेलाडीमा अफगानिस्तानका रसिद खान पछि सन्दीप दोस्रो नम्बरमा छन् । रसिलदे ५३ खेलमा सय विकेट बनाएका थिए ।