शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

टी–२० विश्वकप : बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य

सोमबार, असार ३ २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा बंगलादेशले नेपाललाई १०७ रनको लक्ष्य दिएको छ ।

सेन्ट भिन्सेन्टमा टस जितेर पहिला बलिङ गरेको नेपालले बंगलादेशलाई १९.२ ओभरमा १०६ रनमा अल आउट गर्‍यो ।

नेपाललाई तीव्र गतिका बलर सोमपाल कामीले इनिङको पहिलो बलमै विकेट दिलाउँदै उत्कृष्ट सुरुवात गरेका थिए ।

नेपालको बलिङ सामु बंगलादेशका कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।  अलराण्डर सकिब अल हसनले २२ बलमा २ चौकासहित सर्वाधिक १७ रन बनाए । रिशाद हसनले ७ बलमा १ चौका र १ छक्कासहित १३ रन जोडे ।

ओपनर तान्जिद हसन शून्य, लिटन दास १०, नाज्मुल हसन सान्टो ४, तोव्हीद ह्रिदोय ९, महमुदूल्लाह रियाद १३, जाकेर अली १२ र तान्जिम हसन सकिबले ३ रन बनाए ।

यता नेपालका सन्दीप लामिछानेले टी-२० अन्तर्राष्ट्रियमा १०० विकेट पूरा गरेका छन् ।

लामिछाने थोरै खेलमा विकेटको शतक पूरा गर्ने विश्वको दोस्रो र पहिलो नेपाली खेलाडी बने । नेपालका लागि कप्तान रोहित पौडेल, सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट लिए ।