काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले टी२० आईमा १०० विकेट पूरा गरेका छन् ।
सोमबार विश्वकप टी २० प्रतियोगिताको बंगलादेशसँगको खेलमा उनले दुई विकेट लिएसँगै १०० विकेट पूरा गरेका हुन् ।
सन्दीपले ५४ औं खेलमा १०० विकेट पूरा गरेका हुन् ।
सोमबार उनले बंगलादेशका जाकिर अली र तान्जिम हसन सकिबको विकेट लिए । सन्दीप सबैभन्दा छिटो १०० विकेट लिने विश्वका दोस्रो खेलाडी हुन् ।
अफगानिस्तानका रासिद खानले ५३ खेलमा १०० विकेट लिएका थिए । सन्दीप टी-२० आई क्रिकेटमा १०० विकेट विकेट पूरा गर्ने पहिलो नेपाली बनेका छन् ।