काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से घटेको छ । अघिल्लो दिन छ दशमलव ३७ अंकले बढेको नेप्से आज भने नौंं दशमलव ३२ अंकले घटेर २१ सय १२ दशमलव २९ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७२ अंकले घटेर तीन सय ७४ दशमलव १८ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय १३ वटा कम्पनीहरुको ७७ हजार चार सय पटकको कारोबारमा एक करोड ४२ लाख ९४ हजार सात सय १२ पटकको कारोबारमा छ अर्ब ४४ करोड ३० लाख २९ हजार दुई सय आठ रुपैंयाँको सेयर किनबेच भएको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा दुई वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये बिकास बैंक समुहको सुचक ५३ दशमलव ७५ अंकले बढेर चार हजार एक सय ४३ दशमलव ६९ अंकमा चढेकोमा फाईनान्स समुहको सुचक पनि ४५ दशमलव ४७ अंकले बढेर २२ सय ८० दशमलव ५६ अंकमा चढेको छ । यि बाहेक बाँणिज्य बैंक समुहको सुचक भने चार दशमलव ८७ अंकले घटेर ११ सय २१ दशमलव ९३ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि १५ दशमलव ६९ अंकले घटेर २६ सय १२ दशमलव ५१ अंकमा झरेको छ । निर्जीवन बीमा समुहको सुचक पनि ५२ दशमलव ८१ अंकले घटेर १० हजार दुई सय ८९ दशमलव ८६ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ८८ दशमलव ९६ अंकले घटेर १० हजार सात सय ४५ दशमलव ९४ अंकमा झरेको छ । यि बाहेक लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन्।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा समृद्धि फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मिड सोलु हाईड्रोपावर डेभलपमेन्ट कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने नेपाल फाईनान्स परेको छ।