बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

गोदामबाट सामान चोरी गरेको अभियोगमा तीन जना पक्राउ

बिहिबार, जेष्ठ ३१ २०८१

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ कोटेश्वर फुलवारीमार्गस्थित आहाना ईन्टरप्राईजेज प्रालिको गोदामबाट२० लाख २४ हजार रुपैयाँ बराबरको सामान चोरी गरेको अभियोगमा ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं नरदेवीबस्ने सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका–६घर भएका २७ वर्षीय सोनु गदाल, भक्तपुर ठिमी नगरपालिका–१ लोकन्थली बस्ने २८ वर्षीय अनिश थापा र भक्तपुर मध्यपुर ठिमी बस्ने नवलपरासी रामनगर सुनौल नगरपालिका–१ घर भएकी ४६ वर्षीया ममता घले रहेका छन्।

उक्त गोदामबाट शिशु अनुगामी पावडर ब्राण्डका सामानहरूगत वैशाख ३१ गते दिउँसो चोरी भएको घटना अनुसन्धानको क्रममा सोही गोदाममा काम गर्ने उनीहरूको संलग्नता रहेको भन्ने खुल्न आएपश्चानत काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई कोटेश्वरबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।