काठमाडौं । नागरिक लगानी कोष र युनाइटेड मेवाखोला हाईड्रोपावरबिच सम्झौंता भएको छ । युनाईटेड हाईड्रोले सर्वसाधारणको लागि छुट्टाइएको एक सय रुपैंयाँ अंकित दरका एक अर्ब ६१ करोड ७० लाख रुपैंयाँ बराबरको एक करोड ६१ लाख ७० हजार कित्ता साधारण सेयर निष्काशन गर्नको लागि नागरिक लगानी कोषसंग सम्झौंता गरेको हो।
उक्त कम्पनीको शेयर प्रत्याभुति कार्य गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र युनाईटेड मेवाखोला हाईड्रोपावर लिमिटेडको तर्फबाट अध्यक्ष आषिश थापाले सम्झौता–पत्रमा हस्ताक्षर गरेका हुन । उक्त सम्झौता कार्य कोषको केन्द्रिय कार्यालय नयाँबानेश्वर, काठमाण्डौ स्थित सिआईटी बिल्डिङ्गमा बुधबार सम्पन्न भएको हो।