शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

आईसीसी टी–२० विश्वकप : भारत सुपर-८ मा प्रवेश

बिहिबार, जेष्ठ ३१ २०८१

काठमाडौं । भारत आईसीसी टी-२० विश्वकपको सुपर-८ मा प्रवेश गरेको छ ।

गए राति सम्पन्न खेलमा अमेरिकालाई ७ विकेटले पराजित गर्दै भारत सुपर ८ मा प्रवेश गरेको हो ।

प्रतियोगितामा भारतको यो लगातार तेस्रो जित हो । उसले आयरल्यान्डलाई ८ विकेट र पाकिस्तानलाई ६ रनले पराजित गरेको थियो ।

लगातार तेस्रो जितले भारत समूह ए बाट एक खेल अगावै सुपर ८ मा पुगेको हो ।

१११ रनको लक्ष्य पछ्याएको भारतले १८.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । सूर्यकुमार यादव ४९ बलमा २ चौका र २ छक्कासहित ५० तथा शिबम दुबे ३५ बलमा १ चौका र १ छक्कासहित ३१ रनमा नट आउट रहे । चौथो विकेटलाई दुबे र सूर्यले ६५ बलमा ६७ रनको साझेदारी गरेका थिए ।

भारतले १८ ओभर २ बलमा ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । ओपनर विराट कोहली गोल्डेन डक आउट भए । कप्तान रोहित शर्माले ३ रन मात्र बनाउन सके । ऋषभ पन्त १८ रनका बाहिरिए । सूर्यकुमार यादव र शिवम दुबेबीच चौथो विकेटका लागि ६५ बलमा ६७ रनको साझेदारी अविजित साझेदारी भयो । सूर्यकुमार ५० र दुबे ३१ रनमा नटआउट रहे । अमेरिकाका सौरभ नेत्रवलकरले २ तथा अली खानले १ विकेट लिए । ।

त्यसअघि न्यूयोर्कमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाउँदै ११० रन बनाएको थियो । अमेरिकाका नितेश कुमारले २३ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २७ रन बनाए । ओपनर स्टिभ टेलरले ३० बलमा २ छक्कासहित २४, आरोन जोन्स ११, कोरी एन्डरसन १५, हरमीत सिंह १० र शाड्ली भान शाक्लीले ११ रन बनाए ।

भारतका तीव्र गतिका बलर अर्शदीप सिंहले ४ ओभरमा ९ रन खर्चेर ४ विकेट लिए । हार्दिक पान्ड्याले २ र अक्षर पटेलले १ विकेट लिए ।

समूह डी बाट दक्षिण अफ्रिका र समूह बी बाट अष्ट्रेलिया पनि लगातार तेस्रो जितका साथ सुपर ८ मा स्थान बनाई सकेका छन् ।

समूह ए मा भारत ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । अमेरिका ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । अमेरिकाले १४ जुनमा आयरल्यान्डसँग खेल्नेछ । उक्त खेलमा अमेरिका विजयी भए पनि खेल रद्द भएपनि सुपर-८ मा पुग्नेछ ।

यदि अमेरिका पराजित भएमा पाकिस्तानको सुपर-८ सम्भावना नेटरनरेटमा भरपर्नेछ । पाकिस्तान ३ खेलमा २ मा हार र १ मा जितसहित २ अंकका साथ तेस्रो स्थानमा छ ।

क्यानडा ३ खेलमा २ अंकका साथ चौथो स्थानमा छ । आयरल्यान्ड २ खेलमा जित विहीन छ ।