काठमाडौं । नेप्सेको उकालो यात्राले साताको चौंथो कारोबार दिन बुधबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ३३ दशमलव १५ अंकले बढेको नेप्से आज पुन छ दशमलव ३७ अंकले बढेर २१ सय २१ दशमलव ६२ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६७ अंकले बढेर तीन सय ७४ दशमलव ९१ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय १२ वटा कम्पनीहरुको ७४ हजार आठ सय ५८ पटकको कारोबारमा एक करोड २९ लाख ५० हजार चार सय सात कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ८९ करोड ४० लाख ८९ हजार दुई सय ४५ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा चार वटा समुहहरुको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेका छन् । जसमध्ये जलबिद्युत समुहको सुचक १६ दशमलव ३२ अंकले घटेर २६ सय २८ दशमलव १९ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ५३ दशमलव २० अंकले घटेर १० हजार आठ सय ३४ दशमलव ९० अंकमा पुगेको छ । यसैगरी होटल तथा पर्यटन र व्यापार समुहको सुचक पनि घटेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने नौं दशमलव ३१ अंकले बढेर ११ सय २६ दशमलव ८१ अंकमा चढेकोमा बिकास बैंक समुहको सुचक पनि चार दशमलव ५७ अंकले बढेर चार हजार ८९ दशमलव ९४ अंकमा चढेको छ । फाईनान्स समुहको सुचक पनि २३ दशमलव ८० अंकले बढेर २२ सय ३५ दशमलव शुन्य आठ अंकमा चढेकोमा जीवन बीमा समुहको सुचक पनि १८ दशमलव ११ अंकले बढेर १० हजार दुई सय ८२ दशमलव ६८ अंकमा चढेको छ । यि बाहेक लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा समृद्धि फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीह्रुको सुचीमा पहिलो स्थानमा सयपत्री हाईड्रोपावर लिमिटेड परेको छ । बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने ग्रीन लाईफ हाईड्रोपावर कम्पनी परेको छ ।