शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

अमेरिकामा नेपाली क्रिकेट समर्थककाे उत्साह (तस्वीरमा हेर्नुहोस्)

बुधबार, जेष्ठ ३० २०८१

काठमाडौं । महँगो मूल्यको दर्शक टिकट लिएर परिवारसहित बुधबार ब्रोवार्ड काउन्टी स्टेडियम पुगेका नेपाली दर्श नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएपछि यसै फर्किएका छन् ।

नेपाल र श्रीलङ्काबिचको खेल हेर्न दुई महिनाअघि टिकट बुक गरेका थिए । तर वर्षा बाधक बनिदिँदा खेल राेकियाे ।

जारी आईसीसी टी-२० विश्वकप क्रिकेट अमेरिका र वेस्ट इण्डिजमा भइरहेको छ ।

बाजागाजा, नेपालको झण्डा र नेपाललाई समर्थन गर्ने विभिन्न प्लेकार्ड बोकेर प्यारापिटमा जम्मा भएका नेपाली समर्थकले खेल सुचारु हुने सोचमा प्रतिक्षारत थिए तर खेल रद्द भयो । नेपाल र श्रीलंकाले एकएक अंक बाँढे ।

समर्थकको उपस्थिति र उत्साह भने कम थिएन । आज पनि हजारौं नेपाली समर्थक खेलाडीको हौसला बढाउन पुगेका थिए ।

 

तस्वीर : क्यान