बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

विमान दुर्घटनामा मलावीका उपराष्ट्रपतिसहित सवार ९ जना कै मृत्यु

बुधबार, जेष्ठ ३० २०८१

एजेन्सी । मलावीका उपराष्ट्रपति सालोस चीलीमाको विमान दुर्घटनामा मृत्यु भएको छ।

उपराष्ट्रपति चीलीमा सवार विमान दुर्घटनामा परेको र विमानमा सवार कोही पनि जिवित नभेटेको मलावीका राष्ट्रपति लजारस चकवेराले पुष्टि गरेका छन्।

समाचार संस्था रोयटर्सका अनुसार चीलीमा सवार विमान उडान भरेको केही बेरमै सम्पर्कबिहीन भएको थियो।

विमानमा उपराष्ट्रपतिसहित अन्य ९ जना सवार थिए। विमानमा सवार कोही पनि जिवित फेला नपरेको बताइएको छ।