बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

मलावीका उपराष्ट्रपतिसहित ९ जना सवार हवाईजहाज बेपत्ता

मंगलबार, जेष्ठ २९ २०८१

काठमाडौं । दक्षिणपूर्व अफ्रिकी मुलुक मलावीका उपराष्ट्रपतिसहित ९ जना सवार हवाईजहाज बेपत्ता भएको छ ।

मलावीको राष्ट्रपति कार्यालयले वक्तव्य जारी गर्दै उपराष्ट्रपति सौलोस क्लोस चिलिमा सहित ९ जना सवार हवाईजहाज बेपत्ता भएको जानकारी दिँदै उनीहरुको खोजीकार्य जारी रहेको जनाएको छ ।

राजधानी लिलोंग्वेबाट जुजु अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदै गर्दा उपराष्ट्रपति सौलोस क्लोस चिलिसहितका व्यक्तिहरु सवार हवाईजहाज बेपत्ता भएको हो ।

५१ वर्षीय चिलिमा मलावी सेनाको हवाईजहाजमा थिए । उक्त हवाईजहाज स्थानीय समयअनुसार ९ः१७ बजे (नेपाली समय अनुसार दिउँसो १ बजे) राडारसँग सम्पर्कविच्छेद भएको थियो ।

राष्ट्रपति लाजरस चकवेराले सुरक्षाकर्मीहरुलाई खोज तथा उद्धारमा परिचालित हुन निर्देशन दिएका छन्। उनले बहामास जाने पूर्वनिर्धारित कार्यक्रम पनि रद्द गरेका छन् ।