बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

मोदी रिझाउने प्रचण्ड काइदा

सोमबार, जेष्ठ २८ २०८१

काठमाडौं । नेपालको सत्ता राजनीतिमा भारतको प्रत्यक्ष र परोक्ष प्रभाव रहेको विषयमा सबै जानकार छन् । यहि मेसोमा भारतीय निर्वाचनबाट फेरि तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका नरेन्द्र मोदीलाई रिझाउन नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ दिल्ली पुगेका छन् ।

मोदीको शपथ ग्रहण कार्यक्रममा निम्तो आएको बताएर गए पनि उनले यहि सत्ताको निरन्तरता दिनका लागि भारतीय सहारा लिन लागेका हुन् । किनभने प्रचण्डले यसअघि नै भनेका थिए,‘५ बर्ष मेरै सरकार जान्छ ।’

बीचमा कांग्रेससँगको गठबन्धन भत्काएर एमालेसँग मिली अध्यक्ष केपी शर्मा ओलीको हात समातेका प्रचण्डले फेरि धोका दिन लागेको उच्च स्रोतले जनाएको छ ।

मोदी या भारतले अहिलेसम्म पनि नेपालको संविधानको अपनत्व लिन सकेको छैन। तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको पालामा संविधान जारी रहेका कारण गठबन्धनमा रहेका केपी ओलीसँगको तिक्तता अहिलेसम्म पनि भारतले बिर्सिएको छैन ।

ओलीविरुद्ध कोइरालालाई भारतीय पक्षले प्रधानमन्त्रीमा उम्मेदवार बन्न दबाब दिएको थियो । तर, बामपन्थीको बहुमतका कारण ओली निर्वाचित भए। भारतले यहि पीर प्रचण्डलाई दिँदा नौ महिनामा सत्ता गिरेको थियो। अनि, प्रधानमन्त्रीमा प्रचण्ड आफैं आए ।

प्रचण्डको यो खेलबीच अहिले हुन लागेको भ्रमण पनि प्रधानमन्त्री पद टिकाउने बरु समीकरण बदल्नेसित सम्झौतापूर्ण हुन सक्छ ।

सुशील कोइरालाका पालामा सुरु गरेको ओलीका पालामा निरन्तरता दिएको अघोषित आर्थिक नाकाबन्दी लगाएका मोदीलाई रिझाएर यो सरकारको आयु लम्ब्याउने प्रचण्डको योजना छ ।

जे होस् सत्ताका लागि जता पनि ढल्किने प्रचण्डले आफ्नो बानीलाई कायम राख्ने लगभग पक्का देखिएको छ । अबको समीकरण कस्तो बन्ला र कसरी सरकार अगाडि बढ्ला भन्ने प्रचण्ड फर्किएपछि नै निधो हुनेवाला छ ।