काठमाडौं । आईसीसी टी २० विश्वकप क्रिकेटमा अफगानिस्तानले न्युजील्याण्डलाई हराएको छ ।
शनिबार बिहान सम्पन्न खेलमा अफगानिस्तानले न्युजील्याण्डलाई ८४ रनले हराएको हो । टी–२० विश्वकपमा अफगानिस्तानले न्युजिल्याण्डलाई हराएको यो पहिलोपटक हो ।
अफगानिस्तानले दिएको १६० रनको लक्ष्य पछ्याएको न्युजील्याण्ड १५।२ ओभरमा मात्रै ७५ रन बनाउँदै अल आउट भयो ।
प्रतियोगितामा अफगानिस्तानको यो लगातार दोस्रो जीत हो । यसअघि टोलीले युगान्डालाई १ सय २५ रनको विशाल अन्तरले हराएको थियो ।
न्युजिल्याण्डलाई हराउने क्रममा अफगानिस्तानका फजाल्हाक फारूकीले ४ विकेट लिए ।
उनले ३.२ ओभरमा १७ रन खर्चिएर उनले ४ विकेट लिएका हुन् । त्यस्तै रशिद खानले पनि चार विकेट लिए । खानले १७ रन दिए ।