काठमाडौं । अमेरिका र वेष्टइण्डिजमा जारी आइसिसी टि–२० विश्वकप क्रिकेटमा क्यानडाले ऐतिहासिक जित हासिल गरेको छ । आयरल्याण्ड क्यानडासँग १२ रनले पराजित भएको हाे।
क्यानडाले दिएको १३७ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड ७ विकेट गुमाएर १२५ रनमै समेटियो ।
आयरल्याण्डका मार्क आदिरले ३४, जर्ज डोकरेलले ३०, एन्ड्रयु बालबिर्नीले १७ र लोर्कान टकरले १० रन बनाउन बाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
क्यानडाका जेरेमी गोर्डोन र डिलोन हेलिगरले दुईरदुई तथा जुनैद सिद्दिकी र साद बिन जफरले एकरएक विकेट लिए ।
यसअघि न्यु योर्कमा पहिले ब्याटिङ गरेको क्यानडाले ७ विकेट गुमाएर १३७ रन बनाएको थियो । खराब सुरुवात गरेको क्यानडाका लागि निकोल किर्टोन र श्रेयास मोभ्भाले इनिङ सम्हाल्दै सम्मानजनक स्कोर बनाएका थिए ।
किर्टोन ४९ र मोभ्भा ३७ रन बनाएर आउट भए । पर्गत सिंह १८ र आरोन जोन्सनले १४ रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
आयरल्याण्डका क्रेग योंग र ब्यारी म्याकार्थीले दुई/दुई तथा मार्क आदिर र ग्यारेथ डेलानीले एकरएक विकेट लिए ।
समूह ए मा क्यानाडाको दुई खेलमा यो पहिलो जित हो । आयरल्यान्डले भने दुईवटै खेलमा पराजय व्यहोरेको छ ।