शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

एमाले रूपन्देहीको अध्यक्षमा यज्ञ गैरे

शुक्रबार, जेष्ठ २५ २०८१

रूपन्देही ।  एमाले रूपन्देहीको अध्यक्षमा यज्ञ गैरे निर्वाचित भएका छन् । रूपन्देहीको १०औं अधिवेशनबाट गैरे सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

बिहीबार नै गैरेलाई अध्यक्ष बनाउनेगरी नेताहरूबीच समझदारी जुटेको थियो ।  अध्यक्षका अर्का उम्मेदवार तेजेन्द्र केसीले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।

अधिवेशनबाट उपाध्यक्षमा हितराज पन्थी र सचिव पदमा चित्रबहादुर कार्की, उपसचिवमा बाबुराम पन्थी र महिलातर्फको उप सचिवमा सुनिता ठठेर पनि सर्वसम्मत भएका छन् ।