झण्डै दुई अंकले घट्दा चार अर्ब ३८ करोडको सेयर किनबेच
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि नेप्से घटेको छ । अघिल्लो दिन पाँच दशमलव ५८ अंकले घटेको नेप्से आज पुन एक दशमलव ९३ अंकले घटेर दुई हजार ७७ दशमलव ७८ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २७ अंकले घटेर तीन सय ७० दशमलव ३४ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय २२ वटा कम्पनीहरुको ५९ हजार छ सय ५० पटकको कारोबारमा ८८ लाख १३ हजार तीन सय ७४ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ३८ करोड ८२ लाख ७८ हजार सात सय २० रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा पाँच वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुरको सुचक घटेका छन् । जसमध्ये जलबिद्युत समुहको सुचक २० दशमलव ५९ अंकले बढेर २५ सय दुई दशमलव ९० अंकमा पुगेको छ भचने लघुवित्त समुहको सुचक ४२ दशमलव ३२ अंकले बढेर चार हजार छ सय ५६ दशमलव ३५ अंकमा पुगेको छ । यसैगरी होटल तथा पर्यटन, लगानी र व्यापार समुहको सुुचक पनि बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने सात दशमलव ७४ अंकले घटेर ११ सय नौं दशमलव ४५ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि २४ दशमलव ४६ अंकले घटेर चार हजार ३७ दशमलव ५५ अंकमा झरेको छ । फाईनान्स समुहको सुचक पनि ४५ दशमलव ८७ अंकले घटेर २१ सय ५८ दशमलव २२ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि २९ दशमलव ९४ अंकले घटेर १० हजार एक सय १७ दशमलव ९२ अंकमा झरेको छ । यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि ४० दशमलव १९ अंकले घटेर १० हजार पाँच सय ६८ दशमलव १२ अंकमा झरेको छ । यि बाहेक उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा इर्मजिङ नेपाल लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा माईखोला हाईड्रोपावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा पनि आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडं पहिलो स्थानमा परेको छ ।