काठमाडौं । नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैंयाँको निक्षेप संकलन उपकरण बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार जेठ २४ गते अर्थात आज बिहिबार अपरान्ह तीन बजेसम्ममा अल्पकालीन अर्थात १४ दिनको अवधि तोकेर बोलकबोलको माध्यमद्धारा निक्षेप उपकरण बिक्री गर्न लागेको हो । निष्काशन मिती बिसं २०८१ जेठ २४ गते तोकिएको निक्षेप संकलन उपकरणको सावाँ व्याज भुक्तानी मिती २०८१ असार छ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको लागि यो मौद्रिक उपकरण बिक्री गर्न लागिएको हो।
खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न व्यवस्था गरिएको थियो । सोही व्यवस्था अनुसार बाँणिज्य बैंक बिकास बैंक र फाईनान्स कम्पनीहरुले यो मौद्रिक उपकरण खरिद गरेको राष्ट्र बैंकको भनाई छ । राष्ट्र बैंकका अनुसार यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा वित्तीय संस्थाहरुमा धितोकोरुपमा पनि प्रयोग गर्न सकिने छ।