शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

प्रभु बैंक र स्वीस कनेक्टबिच साझेदारी

मंगलबार, जेष्ठ २२ २०८१

काठमाडौं । प्रभु बैंक र स्वीस कनेक्टबिच साझेदारी भएको छ । यि दुई संस्थाहरुबिच नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम फेज २ का लागि सम्झौता भएको हो ।

सोमबार कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका नेपाली कृषकहरुक व्यवसायीक विकासमा सहयोग गर्ने गरी स्वीस कनेक्ट नेपालको सहकार्यमा सञ्चालन गरिने ‘ग्रोइङ टुगेदरः अ सस्टेनेबल एग्रिकल्टर इनिटिएटिभ फर कोशी प्रोभिन्स’ नामक परियोजनाका लागि सम्झौता भएको हो । सम्झौता पत्रमा स्वीसकनेक्ट नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम फेज २ का तर्फबाट प्रतिनिधि रीमा श्रेष्ठले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार नेपालको कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका वा कृषि व्यवसाय गर्ने ईच्छा भएका कृषकहरुलाई प्रभु बैकको नजिकका शाखाहरुबाट कृषि कर्जाका साथै विक्तिय साक्षरता÷व्यवसायिक साक्षरता सहज रुपमा उपलब्ध गराइने बैंकले जानकारी दिएको छ ।