शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

आज पनि घट्यो सुनचाँदीको मूल्य

शुक्रबार, जेष्ठ ११ २०८१

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनचाँदीको मूल्य ओरालो लागेको छ । आज सुन तोलामा १८ सय रुपैयाँले घटेको महासंघले जनाएको छ ।

महासङ्घका अनुसार छापावाला सुन बिहीबार प्रतितोला एक लाख ३८ हजार ७ सयमा कारोबार भएकामा आजका लागि एक लाख ३६ हजार ९ सय निर्धारण गरिएको छ ।

बिहीबार पनि सुनको मूल्यमा १८ सय रुपैयाँले घटेको थियो ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला एक हजार ८ सय ६५मा कारोबार भएकामा आज चाँदीको मूल्य एक हजार आठ सय ५५ छ ।