काठमाडौं । विश्वकप तयारीका लागि अमेरिकामा रहेका नेपाली राष्ट्रिय टोलीका खेलाडी दीपेन्द्रसिंह ऐरी घाइते भएका छन्।
वेस्ट इन्डिजमा विन्डिज भोल्क्यानोजविरुद्धको तेस्रो खेलमा ऐरी घाइते भएका हुन्।
कप्तान रोहित पौडेलका अनुसार ऐरी घाइते भएसँगै उनी आज हुने ह्युस्टन हुरिकेन्सविरुद्धको पहिलो खेलमा सहभागी हुने छैनन् ।
उनले भने, ‘दिप्पी दाइ इन्जुरी हुनुभाको थियो। अहिले चैँ फिट भइसक्नुभयो। आउने दुई÷तीन दिन लाग्छ अझै रिकभरी हुन।’
विश्वकप हुने मैदानमै नेपालले ह्युस्टन हुरिकेन्ससँगको खेल हुँदैछ।