बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

हेलिकोप्टर दुर्घटनामा इरानका राष्ट्रपति र विदेशमन्त्रीको निधन

सोमबार, जेष्ठ ७ २०८१

काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रइसीको निधन भएको छ।

आइतबार पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा क्षेत्रमा हेलिकोप्टर दुर्घटना हुँदा इरानका राष्ट्रपति र विदेशमन्त्री हुसैन अमिर-अब्दुल्लाहियनलगायतको निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

ड्रोनबाट खिचिएको फुटेज भन्दै इरानी सञ्चारमाध्यमले दुर्घटनास्थलको तस्बिर सार्वजनिक गरेका छन् । ‘फोर्स ल्यान्डिङ’का क्रममा हेलिकोप्टर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।

पूर्वी अजरबैजान प्रान्तमा बाँधको उद्घाटन गरेर फर्किरहेका इरानी राष्ट्रपति रइसी सवार हेलिकोप्टर आइतबार दुर्घटनामा परेको थियो ।

उनका साथ इरानका विदेशमन्त्री र अरू उच्च अधिकारीसहित हेलिकोप्टरमा नौजना सवार रहेका सीएनएनले जनाएको छ