बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सी र पुटिनबीच भेटवार्ता : अराजक संसारमा सम्बन्धलाई ‘स्थिरता दिने’ शक्तिका रूपमा प्रशंसा

शुक्रबार, जेष्ठ ४ २०८१

बेइजिङ । नेताहरू सी जिनपिङ र भ्लादिमिर पुटिनले बिहीबार बेइजिङमा भएको भेटमा अराजक संसारमा आफ्ना मुलुकबीचको सम्बन्धलाई स्थिर शक्तिका रूपमा प्रस्तुत गरे ।

पुटिनको छ महिनाभन्दा लामो समयमा यो दोस्रो चीन भ्रमण हो भने मार्चमा राष्ट्रपतिमा पुनः निर्वाचित भएपछिको पहिलो विदेश भ्रमण हो । पश्चिमले आफ्नो सैन्य आक्रमणलाई लिएर अभूतपूर्व प्रतिबन्धहरू लगाएका कारण रूस एक महत्त्वपूर्ण आर्थिक जीवन रेखाका रूपमा चीनमा तीव्ररूपमा निर्भर रहेको छ ।

सरकारी प्रसारक सिसिटिभी फुटेजमा बेइजिको ग्रेट हल अफ दि पिपुलबाहिर भव्य स्वागत समारोहमा सीले पुटिनको स्वागत गरेको देखाइएको थियो ।
त्यसपछिको बैठकमा सीले आफ्ना ‘पुराना मित्र’ पुटिनसँग चीन–रुस सम्बन्ध ‘शान्तिका लागि अनुकूल’ भएको बताए। “चीन विश्वमा निष्पक्षता र न्याय कायम गर्नका लागि रुससँग काम गर्न तयार छ”, उनले भने ।

जवाफमा पुटिनले सीसँग दुवै मुलुकबीचको सम्बन्ध ‘अन्तर्राष्ट्रिय क्षेत्रमा स्थिरता कारक’ भएको बताए। “रुस र चीनबीचको सम्बन्ध अवसरवादी छैन र कसैको विरुद्धमा निर्देशित छैन”, क्रेमलिनका अनुसार पुटिनले भने, “एकसाथ हामी बहुध्रुवीय वास्तविकता र न्यायका सिद्धान्त प्रतिबिम्बित गर्ने र अन्तर्राष्ट्रिय कानूनमा आधारित लोकतान्त्रिक विश्व व्यवस्थालाई समर्थन गर्छौं ।”

सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार बन्द कोठमा भएको बैठकपछि दुवै नेताले आफ्नो मुलुकको ‘व्यापक रणनीतिक साझेदारी’ लाई गहिरो बनाउने संयुक्त वक्तव्यमा हस्ताक्षर गरे ।
रुसी नेताको आगमन युक्रेनमा ठूलो स्थल आक्रमणपछि युद्धमैदानको ‘सबै मोर्चा’ मा अगाडि बढ्नका लागि आफ्नो मुलुकको सेनाको प्रशंसा गरेको केही घन्टापछि भएको हो ।

-एजेन्सी