मुम्बई । भारतको मुम्बईमा घाटकोपर क्षेत्रमा आँधीसँगै ठूलो होर्डिङबोर्ड भत्किँदा १४ जनाको मृत्यु भएको छ भने ७४ जनाभन्दा बढी घाइते भएका छन् ।
सोमबार साँझ मुम्बईमा अचानक मौसम परिवर्तन भएर बाक्लो बादलले आकाश ढाकेपछि धुलो हुरी र वर्षा भएको थियो ।
समाचार एजेन्सीहरुले जनाए अनुसार घटनामा परी १४ जनाको मृत्यु भएको छ भने ७४ जना घाइतेलाई उद्धार गरिएको छ ।
७०–५० मिटर ठूलो यो होर्डिङ बोर्ड पेट्रोल पम्पमाथि खसेको थियो । होर्डिङ खसेपछि नाराबाजी भएको थियो । स्थानीय प्रहरी, दमकल, एनडीआरएफ, राहत र उद्धार कार्यको सहयोगमा रातभरि जारी रहेको थियो ।