बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

कांग्रेसले बोलायो पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

बुधबार, बैशाख २६ २०८१

काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ ।

सभापति शेरबहादुर देउवाले बुधबार दिउँसो २ बजे आफ्नै निवास बूढानीलकण्ठमा बस्ने गरी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् ।

बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र २८ वैशाखदेखि सुरु हुन लागेको बजेट अधिवेशनका विषयमा छलफल हुनेछ ।

प्रतिनिधिसभाको बजेट अधिवेशन २८ वैशाख दिउँसो २ बजेका लागि बोलाइएको छ ।