शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

आइपिएल : सूर्यकुमारको शतकमा हैदराबादविरुद्ध मुम्बइको जित

मंगलबार, बैशाख २५ २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बइ इन्डियन्सले सनराइजर्स हैदराबादलाई सहजै पराजित गरेको छ ।

सोमबार राति भएको खेलमा मुम्बइले हैदराबादलाई ७ विकेटले पराजित गरेको हो ।

टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको हैदरावादले दिएको १७४ रनको चुनौती मुम्बईले १७.२ ओभरमा मात्र तीन विकेट गुमाएर पूरा गरेको हो।

मुम्बईको जितका लागि सूर्यकुमार यादवले नटआउट शतक प्रहार गरे। ५१ बल खेलेका उनले १२ चौका र ६ छक्काको मद्दतमा १०२ रन बनाएका हुन्। उसका लागि तिलक बर्माले नटआउट ३७ रन बनाए। सुरुवाती ब्याट्सम्यानलाई सस्तैमा गुमाएको मुम्बईका लागि सूर्यकुमार र तिलकको साझेदारी जितका लागि पर्याप्त भयो। मुम्बईका ओपनर इशन किसन ९ रनमा आउट हुँदा रोहित शर्माले ५ बलको सामना गर्दै मात्र ४ रन जोडेका थिए।

हैदरावादका लागि भुवनेश्वर कुमार, मार्को जेन्सेन र प्याट कमिन्सले एकएक विकेट हात पारे।सुरुमा ब्याटिङ गरेको हैदरावादले राम्रो सुरुवात गरे पनि पछिल्लो क्रमका ब्याट्सम्यान टिक्न सकेनन्। उसका लागि ओपनर टेभिस हेडले सर्वाधिक ४८ रन बनाए।

नितिश कुमार रेड्डी २०, मार्को जेन्सेन १७ रनमा आउट हुँदा कप्तान प्याट कमिन्सले नटआउट ३५ रन बनाए। अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य रन जोड्न नसक्दा हैदरावाद पूरै २० ओभर खेल्दै आठ विकेटको क्षतिमा १७३ रनमा समेटिएको थियो।हैदरावादलाई सस्तैमा समेट्न मुम्बईका लागि कप्तान हार्दिक पाण्डेय र पियुष चावलाले समान तीनतीन विकेट हात पारे भने अंशुल कम्बोजले समान एकएक विकेट लिए ।

यो जितसँगै मुम्बईले ८ अंक जोडेको छ। १२ खेल खेलिसकेको मुम्बई अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा छ। सोमबारको हारसँगै हैदरावाद तालिकाको चौथो स्थानमा छ। ११ खेल खेलेको उसले १२ अंक जोडेको छ।