काठमाडौं । सामाजिक सञ्जालमा ‘भेलु बाजे’ नामले भाइरल मिनबहादुर बुढाको मृत्यु भएको छ ।
प्यूठान अस्पतालमा उनको उपचारका क्रममा विहीबार साँझ मृत्यु भएको हो ।
भेलुवाजेलाई निमोनिया र स्वासप्रश्वासको समस्या रहेको बताइएको छ ।
हँस्यौली ठट्यौलीमा कुरा गर्ने उनी युट्युबमा लोकप्रिय थिए। प्यूठान नगरपालिका ५ जुम्रिकाँडा निवासी भेलुबाजे श्रीमतीको निधनपछि विक्षिप्त थिए।
उनकी श्रीमतीको यसै वर्ष उपचारको क्रममा भारतको नयाँ दिल्लीमा निधन भएको थियो।