काठमाडौं । नेपालले आज चौथो टी-२० खेलमा वेष्टइण्डिज ए सँग खेल्दैछ । खेल दिउँसो १२ : १५ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।
पाँच खेलको सिरिजमा वेष्टइण्डिज ए २:१ ले अघि छ । सिरिज जित्ने सम्भावना कायमै राख्न नेपालले आज जित्नै पर्ने हुन्छ ।
पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भए पनि त्यसपछि १० रन र ७६ रनले पराजित भएको थियो ।
शनिबार भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको थियो भने आइतबार भएको दोस्रो खेलमा नेपाल वेष्ट इन्डिज ‘ए’ सँग १० रनले पराजित भएको थियो ।
त्यस्तै बुधबार भएको सिरिजको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई ७६ पराजित गरेको थियो ।
पाँचौं तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ ।
टी-२० विश्वकपको तयारीमा रहेको नेपालले वेस्ट इन्डिज ‘ए’ सँग घरेलु मैदानमा ५ टी २० खेल खेलिरहेको हो । यी पाँच खेल खेलिसकेपछि नेपाली टोली वेस्ट इन्डिज प्रस्थान गर्ने तालिका रहेको क्यानले जनाएको छ ।
नेपालले बुधबार अर्को महिना वेष्टइण्डिज र अमेरिकामा हुने आईसीसी टी-२० विश्वकप खेल्ने अन्तिम १५ सदस्य टोली घोषणा गरेको छ ।