शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल, रोहित पौडेलसहित कुशल भुर्तेललाई विश्राम

बुधबार, बैशाख १९ २०८१

काठमाडौं । नेपालले तेस्रो टी २० खेलमा वेस्टइन्डिज ए विरुद्ध टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा वेस्टइन्डिज ए का कप्तान रोश्टन चेशले टस जितेर ब्याटिङ रोजेका हुन् ।

नेपालको कप्तानीको जिम्मा भने दीपेन्द्रसिंह ऐरीले पाएका छन् ।

यो खेलमा नियमित कप्तान रोहितकुमार पौडेललाई विश्राम दिइएको छ । यस्तै कुशल भुर्तेल र साेमपाल कामीलाई पनि विश्राम दिइएकाे छ ।

५ खेलको सिरिजमा सुरुआती २ खेल सकिँदा दुवै टिम १–१ को बराबरीमा छन् । शनिबार भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको थियो ।

आइतबार भएको दोस्रो खेलमा नेपाल वेष्ट इन्डिज ‘ए’ सँग १० रनले पराजित भएको थियो ।

चौथो खेल वैशाख २० गते र पाँचौं तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ ।

नेपाली टीम : दीपेन्द्रसिंह ऐरी (कप्तान), विनोद भण्डारी, अनिलकुमार शाह, कुशल मल्ल, गुलशन झा, कमलसिंह ऐरी, करण केसी, विवेक यादव, सागर ढकाल, लोकेश बम, आरिफ शेख ।