बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

सुहाङ नेम्वाङको विजय जुलुस मनाउन अध्यक्ष ओली आज इलाम जाँदै

मंगलबार, बैशाख १८ २०८१

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली इलाम जाने भएका छन् ।

इलाम २ को प्रतिनिधिसभामा विजयी भएका सुहाङ नेम्वाङको विजय जुलुस मनाउन अध्यक्ष ओली आज दिउँसो १ बजे इलाम पुग्ने भएका हुन् ।

एमालले आज दिउँसो इलाममा विजय सभा गर्ने भएको छ। इलाम बजारमा दिउँसो एक बजे हुने सभामा पार्टी अध्यक्ष ओलीसहितका नेताले सम्बोधन गर्ने एमालेले जनाएको छ।

मंगलबार बिहान सकिएको मतगणनामा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मतान्तरले पछि पार्दै एमालेका सुहाङ विजयी भएका छन् ।

अध्यक्ष ओलीले इलाम-२ को उपनिर्वाचनमा निर्वाचित एमालेका युवा उम्मेदवार सुहाङ नेम्वाङलाई बधाई दिएका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले सुहाङलाई बधाई र इलामका मतदातालाई धन्यवाद व्यक्त गरेका छन् ।

अध्यक्ष ओलीले आफ्नो पार्टीले नेतृत्वमा युवाहरुलाई अघि सार्दै आएकोसमेत बताएका छन् । उनले आशालाग्दा युवाहरुलाई अझ अगाडि बढाउँदै लैजाने उल्लेख गरेका छन् ।