बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

बझाङमा मत गणनाको लागि सर्वदलीय बैठक

आइतबार, बैशाख १६ २०८१

बझाङ । बझाङमा मत गणनाको लागि सर्वदलीय बैठक सुरु भएको छ । उपनिर्वाचन अन्तर्गत बझाङ –१ क मा मतगणना अघि सर्वदलीय बैठक सुरु भएको हो ।

बैठक सकिए लगत्तै मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकारी सुदर्शन लामिछानेले जानकारी दिए ।

बैठकमा सबै राजनीतिक दलका उम्मेदवारसहित सरोकारवालाहरूको उपस्थिति छ । जिल्ला सदरमुकामस्थित जिल्ला अदालतमा बसेको बैठकमा सहमति जुटाएर मतगणना थालिने छ ।

हिजो भएको बझाङ–१ उपनिर्वाचनमा कुल ४९.१२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मत खसेको आयोगले जनाएको छ ।

बझाङ १ मा ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।